ट्रेलरबाटै प्रतिक्षित बनिरहेको चलचित्र ‘लभ साशा’ को नयाँ गीत रिलिज भएको छ । ‘कथा तिम्रो सुनुँ’ बोलको सार्वजनिक गीतमा नायिका केकी र कर्माको लोभलाग्दो केमेष्ट्रि देख्न सकिन्छ । रोमान्टिक जनराको गीतले प्रेमभाव बोल्छ । आसिफ शाह र श्रेया सोताङको आवाज रहेको गीतलाई असिफ आफैंले लेखेका हुन । कर्मा, केकी अधिकारी, शिवानी चालिसे, विकास जोशी, रश्मी भट्ट र आसिफ शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लभ साशा’ लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने चलचित्रको कथा उनी आफैले लेखेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द.टि फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको निर्माणपक्षले बताएको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र ‘लभ साशा’ मा लोकेश बज्राचार्यको सम्पादन छ । यो चलचित्र पुष २८ गते बिहिबारबाट हलमा लाग्दैछ ।