माइकल ज्याक्सनकी बहिनी तथा चर्चित गायिका जेनेट ज्याक्सन ५० बर्षको उमेरमा आमा बनेकी छिन् । उनले एक छोरालाई जन्म दिएकी हुन । एक बयान जारी गर्दै यो कुरालाई पुष्टि गरिएको छ । बयानमा भनिएको छ, ‘जेनेट र उनका पति वसीम अल मना नै यो न्यूजलाई लिएर निकै खुसी छन् ।’ आमा र बच्चाको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको पनि बयानमा उल्लेख गरिएको छ । छोराको नाम ऐस्सा अल मना राखिएको छ । बताइदिउँ कि गएको बर्ष अप्रिलमा जेनेट प्रेग्नेन्ट भएको थाहा भएको थियो जब उनले आफ्नो ‘अनब्रेकेबल टूर’ रद्द गरेकी थिइन । त्यसपछि जेनेट आफ्ना पतिसँग लण्डनमा बेबी-शपिंग गर्दै देखिएकी थिइन । जेनेट र वसीमको विवाह २०१२ मा भएको थियो । जेनेटको यो तेस्रो विवाह हो ।