बलीउड अभिनेता ओम पुरीको संदिग्ध हालतमा भएको मृत्यु र पोस्टमार्टम रिर्पोटमा टाउकोमा चोटको निशान भेटिएपछि मुम्बई प्रहरीले अनुसन्धान तिव्र पारेको छ । ६६ वर्षिय ओम पुरी शुक्रबार बिहान आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए । सुरुवाती पोस्टमार्टम रिर्पोटमा ओमको टाउकोमा डेढ इन्च गहिरो र ४ सेन्टीमिटर लामो चोटको निशान देखिएको थियो ।
उनको मृत्यु राति १: ३० देखि २: २० बजेको बिचमा भएको थियो । उनी राति १ बजे घर फर्किएका थिए । अन्तिमपटक ओम ड्राइभर राम प्रमोद मिश्रा र प्रोड्युसर खालिद किदवईको साथमा थिए । यसैकारणले प्रहरीले दुवैलाई बोलाएर सोधपुछ गरेको हो । प्रहरीले खालिदसँग शुक्रबार पनि दुई घण्टा सोधपुछ गरेको थियो । प्रहरीले ओमकी कान्छी श्रीमती नन्दितालाई पनि सोधपुछको लागि बोलाएको थियो तर उनी गइनन् ।
पढ्नुहोस् प्रहरी जाँचमा खुलेका यी ६ तथ्यहरु :-
१. गिलास बदलिएको थियो
प्रहरी स्रोतले बताएअनुसार नन्दितासँग झगडाको समय ओम पुरीको त्यो गिलास बदलिएको थियो जसमा उनी रक्सी पिँउथे । प्रोड्युसर खालिद किदवईले प्रहरीलाई बताएअनुसार ओम जब नन्दितासँग भेट्न गएका थिए तब उनको हातमा स्टिलको गिलास थियो । तर, जब फर्केर आए उनको हातमा सिसाको गिलास थियो र रक्सी पनि बदलिएको थियो ।
प्रहरीका अनुसार सिसिटिभी फुटेजमा पनि गिलास बदलिएको कुरा निश्चित भएको छ । यसको बाहेक त्यहाँ रहेका गार्डले पनि पहिले ओम पुरीको हातमा स्टिलको गिलास रहेको बताएका थिए ।
२. नन्दिताले एकाउन्ट फ्रिज गरिदिइन्
प्रहरीका अनुसार नन्दिताले बिना सूचना ओम पुरीका तीनवटा बैंक एकाउन्ट फ्रिज गराएकी थिइन् । यस कारणले कर्मचारीहरुलाई तलब दिन पनि कठिनाइ भएको थियो । कर्मचारीलाई तलब दिन पनि उनले इन्कार गरिन् ।
३. नन्दिताले प्रोड्युसरहरुसँग ओम पुरीको पैसा मागिन्
नन्दिताले पोस्टमार्टम रिपोर्ट आउनसाथ सबै प्रोड्युसरसँग ओम पुरीको फिस छिटो भन्दा छिटो दिन भनिन् जसको साथमा ओम काम गरिरहेका थिए ।
४. ओमको फ्ल्याटमा पनि गएकी थिइन् नन्दिता
ओमको मृत्यु पछि नन्दिता प्रहरीलाई खबर नगरिकन् उनको खन्डालास्थित बंगालामा गएर त्यसको चाबी लिएकी छन् । यसको साथै उनी ओमको फ्ल्याटमा पनि गएकी थिइन् ।
५. नन्दिताले सीमालाई अन्तिम संस्कारमा आउन दिइनन्
नन्दिताले ओम पुरीको मृत्यु पछि शुक्रबार एक बजे सीमालाई फोन गरेर अन्तिम संस्कारमा नआउन भनेकी थिइन् । सीमाले प्रहरीको मद्धत मागेकी थिइन् तर पछि शबाना आजमीले सीमालाई ओमको अनुहार देखाएकी थिइन् ।
६. सीमासँग लगातार कुरा गरिरहेका थिए ओम
ओम पुरी पछिल्लो ८ दिन बाट लगातार पहिलो श्रीमती सीमासँग कुरा गरिरहेका थिए । उनले सीमालाई म्यासेज गरेर तिमी मेरो प्रेम हो तर इशान मेरो प्राण हो भनेका थिए ।
शुक्रबार सुरुवाती जाँचमा यस्तो खुलासा भएको थियो
१. ओमको नन्दितासँग झगडा भएको थियो, यसपछि धेरै रक्सी पिएका थिए ।
विहिबार ओम पुरी फिल्म प्रोड्युसर खालिद किदवईसँगै थिए । किदवईले र ओम नन्दिताको घर गए । त्यहाँ उनी छोरा ईशानलाई भेट्न आएका थिए । नन्दिता र उनको धेरै बहस भयो । तल झरेर उनले ईशानलाई फोन गरे तर उनी कुनै एक पार्टीमा थिए । फेरी उनी गाडीमा बसेर ईशानलाई कुर्न थाले । यसबेला उनले धेरै नै रक्सी पिए ।
किदवईका अनुसार त्यसपछि ओम र किदवईअभिनेता मनोज पहवाको घर गए । किदवई बाहिरै बसे, त्यहाँ उनको कसैसँग पैसाको कुरालाई लिएर बहस भयो । बाहिर आँउदा उनी धेरै नै भावुक थिए ।
किदवईले भनेका छन्, ‘मैले उनलाई घरमा छोडेँ । उनको पर्स मेरो कारमा खसेको रहेछ । पर्स दिनको मैले बिहानै उनको ड्राइभरलाई फोन गरेको थिए तब उनले बताए कि ओम ढोका नै खोल्दैनन् ।’
२. नन्दिताले खालिद र ड्राइभरलाई लगाइन् आरोप
सुत्र अनुसार नन्दिताले ओमको मृत्युको लागि खालिद र ड्राइभर मिश्रालाई जिम्मेवार ठहर्याएकी छिन् ।
३. पोस्टमार्टम रिर्पोटमा के थियो
स्रोतका अनुसार पुरीका टाउकोको माथिल्लो हिस्सामा डेढ इन्च गहिरो र ४ सेन्टिमिटर लामो चोटको निशान थियो । टाउकोको धेरै स्थानमा रगतको दाग थियो ।
किचनको नजिकै जहाँ उनको न्यूड शरिर थियो त्यहाँ धेरै नै गडबड थियो । कलर बोन र लेफ्ट अपर आर्ममा हेयरलाइन फ्याक्चर थियो ।
मुम्बई प्रहरीले आफ्नो कोणबाट जाँच गरिरहेका बताएको छ । ओम जुन भवनमा बस्थे त्यँहाको भिजिटर्स रजिस्टर र सिसिटिभी जफत गरिएको छ । उनले अन्तिम २४ घण्टा जो सँग भेटे ति सबैलाई सोधपुछ गरिने बताएको छ ।
स्रोतका अनुसार प्रहरी चाँडै नै पुरीकी कान्छी श्रीमती नन्दिता छोरा ईशान र अभिनेता मनोज पहवासँग सोधपुछ गर्नेछ ।
स्रोतः–दैनिक भाष्कर