बलीउडका ड्यासिङ लुक अभिनेता रितिक रोशनले पनि ऐश्वर्या राय बच्चनको झै एउटा ठुलो निर्णय लिने भएका छन् । रितिक यतिबेला आफ्नो फिल्म ‘काबिल’ को प्रचारमा व्यस्त रहेका छन् । राकेश रोशनद्वारा निर्मित र संजय गुप्ताले निर्देशन गरेको यो फिल्ममा रितिकबाहेक यमी गौतमको मुख्य भुमिका रहेको छ । फिल्ममा रितिकले एक दृष्टिबिहिनको भुमिका निभाएका छन् । फिल्मलाई लिएर उनले धेरै रिसर्च गरेको र धेरै नेत्रहिनहरुसँग कुरा समेत गरेको बताएका छन् । रितिकले भने,‘मैले केही वर्ष अघि टिभीमा ऐश्वर्याको नेत्रदान विज्ञापन देखेको थिए । मलाई यो कुरा थाहा छ कि नेत्रादान गर्नु एउटा सुन्दर काम हो । तबदेखि नै मैले यसबारे सोचिरहेको थिए ।’
ऐश्वर्या पश्चात कृति र रितिकले आँखा दान गर्ने
अभिनेत्री कृति सेननले पनि ऐश्वर्याको झै ठुलो निर्णय गरेकी छिन् । उनले पनि नेत्रदान गर्ने निर्णय गरेकी हुन् । कृतिका अनुसार यो धरती यत्री राम्रो छ कि यसलाई देख्नु पनि एउटा वरदान हो । यसकारण आफुले नेत्रदान गर्न लागेको बताएकी छिन् ।
ऐश्वर्या रायले पनि आफ्नो मृत्यु पश्चात आफ्नो आँखा दान गर्ने निर्णय धेरै वर्ष अगाडि नै गरिसकेकी छिन् । उनको निर्णयका कारण अन्य कलाकारहरु पनि नेत्रदान गर्न प्रोत्साहित भएका छन् ।