हलीउड एक्शन फिल्म ‘सुसाइड स्क्वायड’ले नर्थ अमेरिकामा पहिलो हप्ता १३.५ करोड डलरको कारोबार गरेको छ । यो फिल्म अहिले अमेरिकाको ४ हजार बढी सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । वार्नर ब्रदर्स र डीसी कमिक्सको एन्टी-सुपरहीरो फिल्म अगस्त महिनामा सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा परेको छ, जसमा मार्गोट रबी र विल स्मिथ छन् । आँकडालाई आधार मान्ने हो भने २०१४ मा रिलिज भएको गार्जियन्स अफ द गैलेक्सी भन्दा पनि यो चलचित्रले सर्वाधिक कमाई गरेको छ, जसले ९.४३ करोड डलर कमाएको थियो । त्यस्तै हलीउड चलचित्र जैसन बोर्नले यस हप्ता २.२७ करोड डलर कमाउँदै दोस्रो स्थानमा रहेको छ । १२ करोड डलरमा तयार भएको ‘सुसाइड स्क्वायड’ फिल्मले नर्थ अमेरिकामा १०.४३ करोड डलरको कारोबार गरेको छ । पहिलो हप्ताको व्यापार गर्दा यसको व्यापारमा अहिले ६२ प्रतिशत गिरावट आएको छ । कमाईको आधारमा तेस्रो स्थानमा बैड मम्स रहेको छ, जसले १.४२ करोड डलरको कमाई गरेको छ ।