गोल्डेन हिल पिक्चर्सले चलचित्र ‘लप्पन छप्पन’ ले आफ्नो रिलिज मिति घोषणा गरेको छ । दयाहाङ राई, सौगात मल्ल, बर्षा सिवाकोटी अर्पण थापा, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लप्पन छप्पन’ ले यही बर्षको चैत ११ गतेलाई आफ्नो रिलिज मिति फाइनल गरेको हो । अहिलेसम्म यो मितिमा अन्य चलचित्रले आफ्नो प्रदर्शन मिति फाइनल गरिसकेका छैन । त्यसैले पनि अहिलेको अबस्थामा चलचित्र ‘लप्पन छप्पन’ सोलो रिलिजमा उत्रिने देखिएको छ । यूरोप, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम र नेपालमा खिचिएको चलचित्र ‘लप्पन छप्पन’ मा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् । एक्सन थ्रिलर कथामा यो चलचित्र बनाइएको निर्देशकको भनाई छ ।