केही दिनयता सामाजिक सञ्जालमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र सासु जया बच्चनको एउटा तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा ऐश्वार्य रायले आफ्नो शिर सासु जयाको काँधमा राखेकी छिन् । त्यस्तै ऐश्वर्याको आँखाभरि आँशु पनि देखिएको छ । यो तस्बिर एउटा अवार्ड कार्यक्रमको हो । ‘स्टारडस्ट फंसन’ एक क्यामराम्यानले जया र ऐश्वर्याको उक्त पलको फोटो कैद गर्न सफल भए । तस्बिर बाहिर आएपछि बच्चन परिवारमा केही त भइरहेको छ भन्दै धेरैले अड्कलबाजी समेत गर्न थालेका छन् । पारिवारिक सम्बन्धमा केही रिक्तता आएका कारण पनि ऐश्वर्या खुसी नदेखिएको र यो उनको फोटोले पनि प्रस्ट पारेको धेरैले अनुमान लगाइरहेका छन् ।