बलिउडस्टार रणवीर कपुर र बार्बी गर्ल कटरीना कैफको फिल्म बक्स अफिसमा जुध्ने सम्भावना प्रवल देखिएको छ । बलिउडका चर्चित निर्देशक अली अब्बास जफरको सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वल बनिरहेको छ । फिल्ममा सलमान खान र कटरीनाको प्रमुख भुमिका रहेको छ । त्यस्तै राजकुमार हिरानी संजय दत्तको जिवनीमा फिल्म बनाउँदैछन् । संजय दत्तको भुमिकाका लागि रणवीर कपुरलाई चुनिएको छ । सलमान खानसँग ब्रेकअप भएपछि कटरीना रणवीर कपुरकी प्रेमीका थिइन् । तर, पछि रणवीरसँग ब्रेकअप भएपछि पुन करिअर बनाउन उनी सलमान खानको शरणमा पुगेकी थिइन् । सलमान, कटरीना र रणवीर फिल्म ‘अजब प्रेमकी गजब कहानी’ मा सँगै देखिएका थिए । रणवीरसँग ब्रेकअप भएपछि प्राय कटरीना सलमान खानसँग देखिने गरेकी छिन् । आफ्नो करिअर जोगाइ राख्न फिल्म ‘जग्गा जासुस’ को प्रोमोशनका लागि सलमान खानसँग कटरीनाले टिप्स लिइरहेकी छिन् । सलमान–कटरीनाको टाइगर जिन्दा हे र रणवीरको कपुरको संजय दत्तको बायोपिकमा बन्न लागेको फिल्म यस वर्षको क्रिसमसमा रिलिज हुनसक्छ । सलमान खान र कटरीनाको मुख्य भुमिका रहेको फिल्म टाइगर जिन्दा हेको सुटिङ चलिरहेको छ । यसको जानकारी फिल्मका निर्देशक अली अब्बासले दिएका छन् । यसका लागि कलाकारहरु उत्तर अफ्रिका देश मोरक्को शहरमा सुटिङ गरिरहेका छन् ।