‘डान्स इण्डिया डान्स’, ‘नच बलिए’ र ‘झलक दिखला जा’ जस्ता नृत्य सम्बन्धी प्रतियोगीताहरुको निर्णायक बनिसकेका भारतका चर्चित कोरियोग्राफर टेरेन्स लुईस नेपाल आउने भएका छन् । बागेश्वरी संगितालय बुटवलको आयोजनामा ‘अल नेपाल डान्स च्याम्पियनसिप प्रतियोगिता २०१६’ को ग्राण्ड फाईनल अडिसनका लागि उनी नेपाल आउन लागेका हुन । माघ १ गते एन्फा टेक्निकल बुटवल देवीनगरमा फाईनल प्रतियोगिता हुनेछ । ४ राउण्डमा सञ्चालन हुने यो डान्स प्रतियोगिताको ग्राण्ड फाईनलमा उनले टप १३ सिनियरको निर्णायक बन्नेछन् ।
कार्तिक ६ गतेदेखि शुरु भएको यो प्रतियोगिता बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौँ, नारायगढ लगायत ठाउँहरुमा अडिसन भएको थियो र बुटवलमा फाईनल अडिसन हुने योजक सस्थाका निर्देशक यम पुनले जानकारी दिए । माघ १ मा हुने फाईनल अडिसनबाट उपाधि जित्ने सिनियरले २ लाख नगद र भारतको मुम्बईको टरेन्स लुईज एकेडेमीमा ३ महिनाको डान्स कोर्ष प्राप्त गर्ने छन् भने जुनियरले २ लाख नगद सहित भारतको मुम्बईमा १ महिनाको मास्टर कोर्षको स्कलरसिप प्राप्त गर्ने छन् । कार्यक्रमको सञ्चालन भने नेपाली नायिका निशा अधिकारीले गर्ने छिन् ।