बलिउडका दंबग अभिनेता सलमान खान र कथित ग्रर्लफ्रेण्ड युलियाबीच एक अभिनेत्रीको प्रवेश भएको छ । यसका कारण युलिया टेन्सनमा रहेकी छिन् । उनी अरु कोही नभइ सलमान खानकी पुर्व प्रेमिका कटरीना कैफ हुन् । सलमान र कटरीना फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङका लागि यात्रा गर्दैछन् । तर, यस यात्रामा अब युलिया पनि जाने भएकी छिन् । सबैलाई थाहा भएकै सम्बन्ध हो सलमान र कटरीनाको । सलमान खानलाई छाड्दै कटरीनाले रनवीरसँग सम्बन्ध बनाएकी थिइन् । तर, करिअर र लव अफयेर दुवै डुब्न लागेपछि उनी पुन सलमान खानको शरणमा पुगेकी थिइन् ।
यसबीच सलमान खानको जीवनमा युलिया आइसकेकी थिइन् । सलमान र कटरीनाको बढीरहेको सम्बन्धका कारण युलिया टेन्सनमा छिन् ।सन् २०१२ मा रिलिज भएको फिल्म एक था टाइगरले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । यसै फिल्मको सिक्वलको रुपमा टाइगर जिन्दा हे बनाउन लागिएको हो । सलमान र कटरीनाको सम्बन्ध गहिरो हुन नदिन पनि युलिया सलमानसँगै सुटिङमा जान लागेको बताइएको छ ।
युलियाले मोरोक्कोमा सुटिङ हुने भएपछि सलमान खानसँगै जाने इच्छा व्यक्त गरेकी थिइन् । सलमान खानले पनि कुनै आपति जनाएनन् ।