दक्षिण भारतीय मल्यालम फिल्मका सुपरस्टार मोहन लालले आफ्नो फिल्मी करियरकै सबैभन्दा महँगो फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । डेक्कन क्रोनिकलका अनुसार मोहनलालले एमटी वासुदेवनको उपन्यास रनदाम ओजाम (दोस्रो मोड) लाई करिब ६०० करोड भारू अर्थात १ हजार करोड नेपाली रूपयाँ खर्च गरेर फिल्म बनाउन लागेका हुन्। उक्त किताबमा भीमको कोणबाट महाभारतमा भनिएको छ।
मोहनको योजना सफल भएमा सो फिल्म मल्यालम भाषामा आजसम्म बनेको सर्वाधिक बजेटको फिल्म हुनेछ। फिल्म यसै वर्ष सुरू गर्ने उनको योजना रहेको छ। उनको पछिल्लो फिल्म ‘पुलीमुर्गन’ १०० करोड भारू कमाउने पहिलो फिल्म बनेको थियो। फिल्म २५ करोडको बजेटमा तयार भएको थियो।
यसगरी अर्को एक संचारमाध्यममा छापिएको समाचार अनुसार यस फिल्मको निर्माण पश्चात उनले फिल्मी करियरबाट सन्यास लिने जनाइको छ।