साउथका सुपरस्टार चिरन्जीवीको फिल्म ‘कैदी नम्बर १५०’ वुधबार रिलिज हुँदैछ । यो तमिल ब्लकबस्टर कथ्थीको तेलुगू रीमेक हो । यो फिल्म हेर्नका लागि खाडी मुलुकमा सञ्चालित कयौं कन्स्ट्रक्शन कम्पनी र अन्य फर्मोंले रिलिजको दिन विदाको घोषणा गरेका छन् ।
मस्कटको अल रियाद कन्स्ट्रक्शन र ट्रेडिंग एलएलसी कम्पनीले चिरन्जीवी तेलगु फिल्म इन्डस्ट्रीको ‘बादशाहको पनि बादशाह’ घोषित गर्दै ११ जनवरीमा विदाको घोषणा गरेका हुन । वी.वी विनायकको निर्देशनमा बनेको फिल्ममा काजल अग्रवाल र तरुण अरोडाको पनि मुख्य भूमिका रहेको छ । यो फिल्ममा संगीत देवी श्री प्रसादले दिएका छन् । राम चरणको निर्माणमा बनेको यो फिल्म विश्वभर २ हजार बढी स्क्रिनमा प्रदर्शन हुँदैछ । यो चिरन्जीवीको करियरको सबैभन्दा ठूलो फिल्म हो । सन् २००७ पछि चिरन्जीविले कुनै पनि फिल्ममा काम गरेका थिएनन् ।