पछिल्लो समय नेपाली निर्माताहरु पुराना अनुहारमाथी लगानी गरेर जोखिम मोल्न चाहँदैनन् तर नयाँ कलाकारमाथी भने करोडमाथीको लगानी गर्न पनि पछि हट्दैनन् । यूवापूस्ताका दर्शकहरुले पुरानो कलाकार भन्दा पनि पछिल्लो समय नयाँ कलाकारहरु नै बढी रुचाएको पाइन्छ त्यसैले पनि निर्माताहरु दुईचार चलचित्र खेलेका कलाकारहरुलाई आफ्नो चलचित्रमा लिएर जोखिम मोल्न खोज्दैनन् । यसले गर्दा केही बर्षयता धेरै जसो पुराना कलाकारहरु त विल्लीबाठ नै भएको छ । अझ लगातार असफल चलचित्र दिइरहेका छन् भने त नेपाली निर्माताहरु उनीहरुको नाम उचारण पनि गर्न चाहँदैनन् । यो कुरा अलि बढी नेपाली नायिकाहरुमा लागु हुन्छ । लगातार हिट चलचित्र दिइरहेका छन् भने ति हिरोइनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको लाईन हेर्न लायककै हुन्छ नभए त असफल चलचित्रका नायिकाहरुलाई निर्माताहरु स्क्रिप्ट सुनाउन पनि चाहन्नन् ।
अहिले यस्तै पीडामा छिन् नायिका जेनिशा केसी । एक समय नायक विराज भट्टको जोडी बनेर पर्दामा खुबै जमेकी जेनिशा अहिले बेपत्ता जस्तै छिन् । यस बर्ष प्रदर्शनमा आएको चलचित्र ‘एक पल’ ले पनि बक्सअफिसमा कमाल नगरेपछि त अहिले जेनिशालाई खोज्दै नेपाली निर्माताहरु उनको ढोका ढकढकाउन पनि पुगेका छैन । हुनत, उनका कारण चलचित्र सफल वा असफल हुने होइनन् तर लगातार आफु अभिनित चलचित्र असफल हुँदा निर्माताहरु जेनिशालाई लिएर जोखिम उठाउन चाहँदैनन् ।
चलचित्र ‘एक पल’ को प्रमोशनको क्रममा व्बायफ्रेण्डसँग ब्रेकअप भएको फण्डा पिट्न समेत नछोडेकी जेनिशा अहिले फुर्सदिली छिन । जोश, आधा बाटो, दोस्ती, सुन्दुर, तिमी विनाको जीवन, एक्शन, मैले भूल्नै सकिन लगायतका चलचित्रमा काम गरिसकेकी जेनिशालाई दर्शकहरुले बढी जसो विराज भट्टकै जोडी बनेर काम गर्दा रुचाए । तर, जब विराजले नेपाली भन्दा भोजपुरी चलचित्रमा बढी समय दिन थाले त्यसपछि त जेनिशाका पनि कष्टकर दिन सुरु भए । विराजकै सिफारिसमा भटाभट चलचित्र पाइरहेकी उनले त्यसपछि भने चलचित्र पाउँन छोडिन् । विराज भोपजुरी चलचित्रमा व्यस्त हुँदा जेनिशाले ‘आधा बाटो’ लगायतका केही चलचित्रमा काम नगरेकी होइनन् तर ती कुनै पनि चलचित्रले उनलाई माथी उठाउन सकेनन् ।
केही महिना अगाडी ‘सिनेखबर डटकम’ सँगको एक भेटमा उनले आफ्नो जोडी विराज भट्टसँग सुहाउने बताएकी थिइन । त्यहि क्रममा उनले चाँडै भारतीय टिभी सिरियलमा काम गर्ने सोचमा रहेको पनि बताएकी थिइन । तर, अहिलेसम्म जेनिशा न कुनै नेपाली चलचित्रमा व्यस्त छिन् नत भारतीय टिभी सिरियलमा नै । केही महिनादेखी चुपचाप बस्दा जेनिशाको कतै फिल्मी करियर नै चौपट भएको त होइन ? भन्ने अडकल बाजी पनि अहिले नेपाली सिनेवृतमा गज्जबै चलेको छ ।