रियलिटी स्टार किम कार्दशियनले पेरिसमा भएको लुटपाटको ३ महिनापछि आफ्नो मुख खोलेकी छिन् । रियलिटी शो ‘Keeping Up With the Kardashians’ को अपकमिंग सीजनको शूटिंगको दौरान किम कार्दशियनले आफ्नो साथ पेरिसमा भएको लूटपाटको बारेमा बताएकी छिन् । यो शोको प्रोमो लन्च पनि भएको छ । यो एपिसोड मार्चमा रिलिज हुँदैछ । शोमा उनले भनिन्, ‘मलाई लाग्यो कि अब म बाँच्ने छैन । किडन्यापर मलाई शूट गर्न चाहन्थे । उनीहरुले मेरो किडन्याप गरे र होटलको रुममा लिएर गए । त्यसपछि किडन्यापरले मेरो ज्वेलरी लिए र मलाई बाथटबमा फ्याकिदिए । त्यस बेला म निकै डराएको थिए । त्यो पल सम्झिए भने अहिले पनि मेरो शरीर काप्छ । त्यस बेला मलाई मेरो बच्चा र श्रीमानकोे खुबै याद आएको थियो ।’