हालैमा आफ्नो फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेंडर केज’ को प्रमोशनका लागि भारतमा रहेका हलीउडस्टार विन डीजलले एक अन्तर्वार्ताको क्रममा केही यस्तो भने जुन सुनेर बलीउड अभिनेत्री दीपिका लजाइनन् मात्र हाँसो समेत रोक्न सकिनन् । खासमा, अन्तर्वार्ताको क्रममा विनले बारम्बार दीपिका रणवीर सिंहको गर्लफ्रेण्ड भनिरहेका थिए । र, दीपिका मात्र हाँसिरहेकी थिइन । न उनले विनले यस्तो भन्दा रोक्ने प्रयास गरिन् न त रिसाइन् नै । उक्त अन्तर्वार्ताको दौरानबाट फेरी एक पटक यो कुराको पृष्टि भएको छ कि दीपिका र रणवीर रियल लाइफमै प्रेम-प्रेमिका हुन ।