गायिका स्मृति पोख्रेलले आफ्नो आवाजमा रहेको नयाँ गीत बजारमा ल्याएकी छिन् । ‘बेकाबु’ बोलको सार्वजनिक म्यूजिक भिडियोमा गायिका स्मृतिलाई बोल्ड अवतारमा देख्न सकिन्छ । बेडसिन देखी बाथरुममा खिचिएका स्मृतिका कामुक दृश्यहरुले भिडियोलाई निकै हट बनाएको छ । यो भिडियो सम्पूर्ण रुपमा अस्ट्रेलियामा छायाँकन गरिएको हो। म्युजिक भिडियोमा गायिका पोख्रेलले बेलायती मोडल सामसँग रोमान्स गरेकी छिन् ।
सार्बजनिक गीतमा गोबिन्द प्रशाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको छ । पप स्टार २ एल्बममा समाबेश उक्त गीतको भिडियोलाई सुरेन श्रेष्ठले निर्देशन गरेका हुन । टेक बयलकोटीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादन प्रबिन श्रेष्ठ र उज्ज्वलले संयुक्त रुपमा गरेका छन् ।