अभिनेत्री करिना कपूर र अभिनेता सैफ अलि खानले पहिलो सन्तान छोराको नाम तेह्रौं शताब्दिका तानाशाह तेमोरसँग मिलेपछि सैफ र करिना सामाजिक संजालमा मजाकको पात्र बने । सामाजिक संजालमा यो जोडीको राम्रैसँग मजाक उडाइयो भने विभिन्न आरोप पनि लगाइयो । तर, सोसल मिडियामा आफुविरुद्ध बाढी नै आउँदा पनि केही नबोलेका सैफ यतिबेला भने आफ्नो मुख बोलेका छन् । हालै मात्र सैफले नाममा भएको विवाद र ट्रोलबारे बोल्दै आफूले छोराको नाम तेमोर राख्नुको कारण खुलाएका छन् ।
आफू इतिहासको बारेमा जानकार भएको भन्दै सैफले छोराको नाम तैमुर करिनालाई निकै मन परेर राखेको बताए ।
सेफको भनाईलाई उद्घृत गर्दै भारतीय संचारमाध्यमहरुले भनेका छन्–‘जोसँग छोराको नाम जोडिएको छ उनको नाम तेमोर थियो तर मेरो छोराको नाम तेमोर हो । यी दुई नाम सुन्दा उस्तै लागेपनि अर्थ फरक छ । तेमोरको अर्थ फलाम हुन्छ । यो नाम सुन्नमा सुन्दर र आफैमा बलियो पनि छ । मलाई र करिनालाई यो नाम निकै मन परेका कारण हामीले छोराको नाम तेमोरको राखेका हौँ ।’
आफ्नो छोराले तेमोरको नामबाटै अलग पहिचान बनाउने र सबैको माया पाउनेमा सेफ विश्वस्त छन् । तेमोर इतिहासमा एक ईस्लामिक अपराधिका रुपमा चित्रित गरिएको पात्र हुन् ।