बलीउडबाट हलीउड चलचित्रमा पाइला टेकेकी अभिनेत्री दीपिका पादुकोणको हलीउड चलचित्र ‘एक्सएक्सएक्स’ भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । यो फिल्म वर्ल्ड वाइड २० जनवरीबाट रिलिज हुँदैछ । यस्तैमा दीपिका फिल्मको प्रमोशनका लागि अहिले यूएसमा छिन् । त्यहाँ दीपिका चाँडै वर्ल्ड फेमस च्याट शो एलेन डीजेनेरेसमा गेस्टको रुपमा देखिदैछिन् । दीपिकाले उक्त च्याट शोको एपिसोडको शूटिंग सकाइसकेकी छिन् ।
जब दीपिकालाई अन्तर्वार्तामा सोधियो कि जस्तो कि ‘तपाईको र विनको रोमान्सको खबर बाहिर आइरहेको छ, तपाई यसबाट के चाहनुहुन्छ ? केही समयसम्म दीपिकाको फेस देखेपछि)के यसको मतलब सही हो…?’
दीपिकाले यसको जबाफ दिँदै भनिन्, ‘सो त बिना आगो धुँवा आउँदैन । तर, यो सबै मेरो दिमागमा छ । अहिलेको अबस्थामा हामी साथमा छौं र हाम्रो केमेष्ट्रि पनि निकै अमेजिंग छ । हामी साथमै रहन्छौ र हाम्रो निकै राम्रो बच्चा हुनेछ ! यो सबै कुरा मेरो दिमागमा छ ।’