जेठ १२ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘पर्व’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा आईतबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले मोशन पोस्टर तथा ट्रेलर रिलिज गर्यो ।
ट्रेलरले फिल्म सस्पेन्स क्राईम थ्रिलर जनरामा रहेको प्रष्ट्याएको छ । दिनेश राउत निर्देशित फिल्ममा कोशिश क्षेत्री र नम्रता श्रेष्ठ लिड अभिनयमा छन् ।
जेबिका कार्की र माला लिम्बु पनि लिड अभिनयमा रहेको फिल्मलाई सुवास ईन्टरटेन्मेन्ट र टिभी फिल्मीले संयुक्त ब्यानरमा तयार गरेको हो । निकिता पौड्याल र सुबास गिरी निर्माता छन् । विकास सुवेदी एशोसिएट निर्देशक हुन् । यसअघि सार्वजनिक ‘काले दाई’ बोलको गीतले नै फिल्मलाई चर्चामा ल्याईसकेको छ ।