निर्माण घोषणाको समयदेखि निकै चर्चा र परिचर्चामा रहेको फिल्म ‘कृ’को छायांकन सुरु भएको छ । फ्लोरमा जाने नजाने चर्चाका बीच फिल्म अन्ततः फ्लोरमा गएको हो । सोमबारबाट फिल्मको लागी युवा स्टार अनमोल केसीले पहिलो सट् दिए ।
यसअघि बुढानिलकण्ठ मन्दिरमा निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, अनमोल लगायतले पुजा गर्दै फिल्मको सफलताको कामना गरेका थिए । ललितपुरको सानेपा स्थित ईम्पेरियल अपार्टमेन्टमा फिल्मको छायांकन चलिरहेको छ । पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् ।
तर छायांकन सेटमा अभिनेत्री अदिती बुढाथोकी भने उपस्थित छैनन् । वर्कसप सकाएर भारत गएकी अदिती केहि दिनपछि मात्रै नेपाल आउने र सेट ज्वाईन गर्ने बताईएको छ । फिल्मलाई काठमाडौं र तनहुँमा खिचिने छ भने केहि दृश्यको लागी कतारमा समेत निर्माण टिम तथा कलाकार पुग्ने बताईएको छ ।