नेपाली फिल्म क्षेत्रमा रुचाइएको नाम हो, संयम पुरी। फिल्म निर्देशक नारायण पुरीका छोरा संयम पुरीले ‘आगो’, ‘दोमन’, ‘आफ्नो मान्छे’ जस्ता फिल्ममा बालकलाकार भएर काम गरेका थिए। आफ्ना बाबुको बाटोमा हिँडेका संयम २०६९ सालमा रिलिज भएको फिल्म ‘सायद’मा मुख्य भूमिकामा काम गरे। सायद बक्सअफिसमा सुपरहिट भयो। उनको चर्चा पनि उत्तिकै चुलियो।
‘सायद’ रिलिज भए पश्चात उनले केहि समयको विश्राम लिएर फिल्म ‘पुन्टे परेड’मा काम गरे। उक्त फिल्ममा उनले नायिका प्रियंका कार्कीसंग स्क्रिन शेयर गरेका थिए। फिल्म व्यावसायिक रुपमा सफल भएन। तर उनको कामको प्रशंसा नै भयो।
सन् २०१५ मा उनि अभिनित अर्को फिल्म ‘आभास’ प्रदर्शनमा आयो। ‘आभास’मा उनि मुख्य भूमिकामा नै प्रस्तुत भएका थिए। उक्त फिल्म पनि व्यावसायिक रुपमा आसफल हुन पुग्यो। उक्त फिल्ममा संयमसंगै निशा अधिकारी, सलोन बस्नेत, आश्मा डिसी लगायतको अभिनय रहेको थियो।
त्यस पश्चात उनले फिल्म ‘नाइँ नभन्नु ल ३’मा काम गरे। फिल्म हिट भयो। आश्मा डिसीको जोडी भएर अभिनय गरेका संयमको उक्त फिल्ममा पनि तारिफ नै भयो। फिल्ममा संयम र आश्मका अलावा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी लगायतको अभिनय रहेको थियो। उनले फिल्म ‘लभ सब’मा बोल्न नसक्ने (लाटो)को भूमिका निर्वाह गरे। त्यो भूमिका निर्वाह गरे पश्चात उनको फ्यान फलोअर्स पनि बढे। फिल्म व्यावसायिक रुपमा राम्रो नभए पनि उनको भूमिका र अभिनयको खुबै तारिफ भयो।
यहि वर्षमात्र उनि अभिनित २ फिल्म ‘रातो घर’ र ‘ग्याङ्गस्टर ब्लूज’ प्रदर्शनमा आए। दुवै फिल्ममा उनले सहायक पत्रको भूमिका निर्वाह गरेका थिए। उनले फिल्म ‘रातो घर’बाट प्राय: दर्शकको मन जित्न सफल भए। ‘रातो घर’मा उनले गरेको अभिनयको खुबै तारिफ भयो। त्यस्तै हाल प्रदर्शनरत फिल्म ‘ग्याङ्गस्टर ब्लूज’बाट पनि उनले प्रशंसा नै पाइरहेका छन्। विशेष गरी फिल्म ‘ग्याङ्गस्टर ब्लूज’मा उनको लुक्स र अभिनयको प्रशंसा भइरहेको छ।
अब भन्नुस्, कति हिट छन् संयम ?