सोमबार आयोजना भएको फिल्म ‘रुद्रप्रिया’को प्रिमियरमा एउटा रमाइलो दृश्य देखियो । अभिनेत्री नीता ढुंगाना आकर्षक बनेर पुगेकी थिइन् । साथमा, यो प्रिमियरमा उनका पूर्व प्रेमी आमेष भण्डारी पनि पुगेका थिए ।
आमेष र नीताविच बोलचाल नै भएन । नीता र आमेष कुनै समय एकछिन पनि छुट्टिदैनथ्य । तर, अहिले नीता र आमेष सार्वजनिक कार्यक्रममा एकसाथ पुग्दा पनि बोलचाल गर्दैनन् ।
नीतासँग नबोलेका आमेष अर्की अभिनेत्री सुरविना कार्कीसँग भने निकै नजिक देखिए । सुरविनासँगै स्टेजमा पुगेर तस्बिर खिचाएका उनले फिल्म पनि एकसाथ हेरे । यतिमात्र होइन, सुरविनालाई एकछिन नदेख्दा उनले फोन नै गरेर खोजिरहेका थिए । सुरविना र आमेषको यो निकटता साथीको मात्र हो कि, त्यो भन्दा पनि माथिको हो, प्रिमियरमा चर्चा भएको थियो ।