के जहाँ अभिनेता भूवन केसी हुन्छन्, त्यहाँ अभिनेत्री जीया केसी पनि हुनैपर्छ । फिल्म ‘ड्रिम्स’को छायांकनको समय होस् या ‘कृ’को, जहाँ भूवन त्यहाँ जीया देखिएकी नै छन् । झन्, अब त फिल्म ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको छायांकन टोलीमा अभिनेत्री जीया केसी पनि छिन्, जो स्कटल्याण्ड जानेछिन् ।
यो गीतको छायांकन ४ दिन लगाएर स्कटल्याण्डमा गरिनेछ । फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ । तर, फिल्मको एउटा गीतको छायांकन अझै बाँकी छ । फिल्मको कथामा यो गीत विदेशी लोकेशनमा नै खिचिनुपर्ने भएकाले स्कटल्याण्ड जान लागिएको हो ।
गीतमा मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीलाई देखाइनेछ । सुवास गिरी र भूवन केसीको निर्देशनमा बनेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । जीया भूवनसँगै स्कटल्याण्ड जान लागेपछि अहिले फिल्म क्षेत्रमा यसको खुबै चर्चा भैरहेको छ ।