फिल्म ‘डमरुको डण्डिबियो’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मको नयाँ २ पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको हो । यो फिल्म वैशाख २१ गतेबाट रिलिज हुने भएको छ । फिल्मका अन्य थुप्रै कलाकार भएपनि अभिनेता खगेन्द्र लामिछानेलाई मात्र पोष्टरमा फिचरिङ गरिएको छ ।
नेपालबाट लोप हुगैरहेको डण्डिबियोको कथालाई यो फिल्ममा उठान गरिएको छ । छेतन गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्रको साथमा अनुप बराल, वुद्धि तामाङ, मेनुका प्रधान, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी छ । फिल्ममा खगेन्द्रको लेखन, प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाँइको छायांकन छ ।