गतबर्षको जेठ १२ गतेबाट रिलिज भएको फिल्म ‘पर्व’लाई निर्माता सुवास गिरीले युटुबबाट रिलिज गरेका छन् । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्म सस्पेन्स कथामा बनेको छ । फिल्मले हलमा सामान्य व्यापार गरेको थियो । यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।
फिल्मको ‘काले दाई’ बोलको गीतले चर्चा पाएको थियो । यो फिल्मलाई सुवास गिरी र गोपिकृष्ण मुभिजले मिलेर बनाएका हुन् । अबदेखि सुवास इन्टरटेन्मेन्टले आफूले निर्माण गरेका सबै फिल्म सुवास इन्टरटेन्मेन्टकै युटुबबाट रिलिज गर्ने बताएको छ ।