काठमाडौं । हास्यकलाकार हरिवंश आचार्य हजुरबाबु बनेका छन् । उनका र मिरा आचार्यका जेठो छोरा त्रिलोक आचार्यलाई पुत्र लाभ भएको छ । हरिवंशले हजुरबाबु बनेको जानकारी चलचित्र शत्रु गते´ को सफलताको खुशी साट्न हिजो आयोजित ५१ औ दिने समारोहमा उपस्थित चलचित्रकर्मी एब्म पत्रकारहरुलाई गराएका थिए साथै उनलेे उक्त कुरा आफ्नु फेसबुकमा पनि उल्लेख गरेका छ्न ।उनले लेखेका छन्, ‘म हजुरबुवा भएको छु । छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तान भएको छ । नातीको पहिलो तस्बिर
।’ लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्किसँग २०७३ को असारमा विवाह गरेका थिए । हरिवंशका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य हुन ।
हरिवंश कि श्रीमती मीरा आचार्यको २०११ अप्रिल २० मा ह्रृदयघातबाट मृत्यु भएको थियो । उनले वि.सं. २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरेका थिए ।