अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले अभिनेता शिव श्रेष्ठद्वारा निर्माण गर्न लगिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्ने भएकी छिन् । चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गर्दै छन् । दीपेशका अनुसार यसै हफ्ता प्रेस मिटको आयोजना गरेर चलचित्र निर्माणबारे आधिकारिक घोषणा हुदैछ । सोही अवसरमा शिव श्रेष्ठ दाईका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कवितालाई मिडियासँग भेटाउँदैछौं उनलेे भने ।
शिवका छोरीले पनि यही चलचित्रबाट डेब्यू गर्दैछन् । निर्देशक सापकोटाले चलचित्रमा कविताको भूमिकाको विषयमा भने बोल्न चाहेनन् । यसअघि करिश्माले आफ्नै होम प्रोडक्शनबाट छोरीलाई लञ्च गर्ने तयारीमा थिइन् । लामो समयदेखि अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी कविता गएको वर्षदेखि नेपालमा नै छिन् ।
शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । यसको कथा शिव आफैंले लेखेका हुन् ।