काठमाडौं | आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर लभस्टोरी फिल्म ‘बाँध मायाले’ यूनिटले आफ्ना दर्शकका लागि एउटा नयाँ अफर ल्याएको छ। सार्वजनिक प्रेस रिलिज अनुसार ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत यो फिल्मको टिकट खरिद गर्दा सवै दर्शककले १५ प्रतिशत क्यास व्याक पाउँने छन्। यो अफर हलमा फिल्म जति दिन चल्छ त्यतिनै दिन सम्म कायम गरिएको प्रेस रिलिजमा उल्लेख छ।
पछिल्लो समय युवा पुस्ता माँझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एम मार्फत दर्शकले आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ। टिकटको पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउँने जनाईएको छ।
असोज ५ गतेदेखि तथा शुक्रबार देखि रिलिज हुन लागेको यस फिल्मलाई सविर श्रेष्ठले निर्देशनगरेका हुन्। फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ। फिल्ममा रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेका हुन्। केदार धिताल कार्यकारी निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी फिल्मका सह-निर्माताका रुपमा रहेका छन्।