फिल्म ‘लभ स्टेशन’ले आफ्नो रिलिज मिति पक्का गरेको छ। यस फिल्मले चैत २२ गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो। भियतनाम पुगेर प्रदिप खड्का र जसिता गुरुङको रोमान्स खिचेर फर्किएपछि निर्माण युनिट चलचित्रको रिलिज मिति पक्का गरेको हो।
यस फिल्ममा समावेश लभ सङ ‘घाम जुन नै चाहिँदैन’को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यस फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन्। यस गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ।
प्रेम कथामा निर्माण भएको यस फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। घिमिरेका अनुसार ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो। फिल्म भित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन्।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।