आजभन्दा करिब १८ वर्ष पहिला रिलिज भएको फिल्म दर्पण छायाले नेपाली फिल्म क्षेत्रमा इतिहास रच्यो। यस फिल्मले बक्स अफिसमा पनि धमका मच्चायो। तुलसी घिमिरे निर्देशित फिल्ममा दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेका थिए।
अब पुन: दर्पण छाया निर्माण हुने भएको छ। कलाकार दिलिप, निरुता र उत्तम मिलेर दर्पण छायाको सिक्वोल बनाउने तयारी गरिरहेका छन्। ‘दर्पण छाया’ जहाँ सकिएको थियो, सोही स्थानबाट सुरु गरेर उत्तमले अहिले कथा लेखेका छन्। उत्तमले लेखेको कथामा लगानी पनि उनकै रहेनछ।
फिल्ममा निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान नै देखिनेछन्। फिल्मको बिषयमा नायिका निरुता सिंहले भनिन्, ‘हामी ३ जना मिलेर एकसाथ काम गर्दैछौ। तर, फिल्मको नाम पक्का भएको छैन्।’
अर्को वर्षबाट छायांकन सुरु हुने यस चलचित्रको निर्देशकको रुपमा को रहनेछन् भन्ने खुलाइएको छैन्।