बलिउडमा अहिले सर्वाधिक चर्चामा रहेको जोडी हो, रणवीर कपुर र आलिया भट्ट । उनीहरुको प्रेमको विषयमा विभिन्न गसिपहरु बनिरहेका हुन्छन्। मिडियामा उनीहरुको प्रेम छरपस्ट छ।
उनीहरूले छिट्टै बिबाह गर्ने तयारी पनि गरिरहेका छन्। रणवीरका पिता ऋषि कपुरले उनीहरुको बिबाह गरिदिन लागेको बताएका थिए। ऋषिले आफू न्युयोर्कबाट फर्किएपछि बिबाहको तयारी गर्ने बताएका थिए।
तर, आफ्नो स्वास्थ परिक्षणमा गएका ऋषिले केही समय त्यही उपचारको लागि बस्नु पर्ने भएको छ। त्यसैले पनि रणवीर र आलियाको बिबाह पछि सर्न सक्ने बुझिएको छ।
अहिले रणवीर र आलिया फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन्। यो फिल्ममा उनीहरु जोडी भएर काम गर्दैछन्।
                                                                                               






