निकिता पौडेलले चलचित्र बिकास बोर्डबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा केशब भट्टराई नियुक्त भएका छन्। आवेदन परेको ६ जना मध्येबाट केशब भट्टराईलाई अध्यक्ष पदमा चुनिएको हो।
चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराएका हुन्।
लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले यसअघि नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरिसकेका छन्। उनले कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
केशब भट्टराईको प्रस्तुतिमा निर्माण भएको चलचित्र रिलिजको तयारीमा छ।