अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ अहिले बेलायतमा प्रर्दशन भइरहेको छ। नेपालमा राम्रो व्यापार गर्न सफल यस चलचित्रको विदेश माग पनि निकै उच्च छ। त्यसैको वाबजुद अहिले फिल्मक ओभरसिज रिलिजको दौडमा छ।
बेलायतमा भएको उक्त शोको लागि अभिनेता अनमोल केसी र निर्माता भुवन केसी पुगेका थिए। बेलायतमा ‘क्याप्टेन’ले सकारात्मक प्रतिक्रिया पाएको निर्माता भुवन केसिले बताएका छन्।
बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको प्रिमियरमा करिब तीन सय दर्शकको सहभागीता रहेको थियो। फुटबल खेलमा आधारित पारिवारिक फिल्मलाई उपस्थित दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिए।
फिल्ममा अनमोल केसीसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ। भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।