जेठ ३१ गतेबाट रिलिज हुने प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको ‘बरु अर्को जुनी’ बोलको गीतमा शान्तीप्रियको शब्द तथा दीपक शर्माको संगीत छ। गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन्।
कविराज गहतराजको करियोग्राफी रहेको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ। भिडियोमाआयुष्मान गायक बनेका छन्।
योगेश घिमिरेको निर्देशनमा बनेको फिल्ममा मनिश दाहालको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता संजय न्यौपाने हुन्। प्रदीप भारद्वाजले लेखेको फिल्ममा मानकृष्ण महर्जनको छायंकन तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।