फिल्म ‘लभ डाइरिज’को रोमान्टिक गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको ‘सुनौँ कि सुनेनौँ’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। पोखरेल आफैँले लेखको उक्त गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापा फिचर छन्। भिडियोमा उनीहरुलाई निकै रोमान्टिक अवतारमा देखाइएको छ। सुन्दर लोकेशनमा खिचिएको भिडियोमा सुशिल र रुविनाको केमेष्ट्रि पनि गज्जब छ।
सौरभ चौधरीको निर्देशनमा बनेको यस फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतको अभिनय छ। संजय लामाले खिचेको फिल्मलाई शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ। सरोज तुलाधरको सह-निर्माता रहेको फिल्मका एसोसिएट निर्देशक शाहिल खान हुन्।