कुनै समयको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।

टेलिसिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तले फिल्मको निर्माण गर्न लागेका हुन्। फिल्मलाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्ने भएका छन्। सन्तोष र साकारको कथा रहेको फिल्मलाई सन्दीप किस्नाले लेखेका छन्।

फिल्ममा सन्तोषसँगै रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहने छ।
तिहारपछि छायांकनमा जाने यस फिल्मलाई रवि सायमीले खिच्नेछन्। फिल्ममा हर्कुलस बस्नेतको संगीत रहने छ।