निर्देशक सिमेस सुनुवारले ‘छक्का पन्जा’ टिमसँग सहकार्य गरेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने समाचार आएको थियो। तर, अब उक्त फिल्म अन्योलमा परेको छ। कारण हो, सिमोसको नयाँ फिल्म हो।

सिमोसको नयाँ फिल्म ‘दिमाग खराब’ राखिएको छ। फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। रियल जोडी निश्चल र स्वस्तिमाको यो दोस्रो सहकार्य हो।
पुषबाट छायांकनमा जाने यस फिल्मलाई निश्चलको ‘ब्ल्याक हर्स पिक्चर्स’ र सिमोसको ‘आलु प्रोडक्सन’को संयुक्त व्यानर निर्माण गर्नेछन्। फिल्मलाई अहिले प्रतिक गुरुङ, निश्चल बस्नेत र सफल केसीले मिलेर लेखिरहेका छन्।
निर्देशक सिमोस भने ‘दिमाग खराब’ र ‘छन् गेडी सबै मेरी’ दुबै फिल्म यसै वर्ष छायांकन हुने बताउँछन्।