यतिबेला फिल्म ‘सम्झना-बिर्सना’को छायांकन चलिरहेको छ। नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको यस फिल्मको छायांकन सिलगुडीमा भइरहेको छ।

छायांकनरत यस फिल्ममा एक नायिकाको प्रवेश भएको छ। फिल्मको लागि नायिका छुल्ठिम गुरुङ पक्का भएकी हुन्। फिल्ममा छुल्ठिमले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्माणपक्षले बताएको छ।
निमेष प्रधानको निर्देशनमा बनेको यस फिल्मले सिलगुडीसँगै दार्जिलिङ र सिक्किममा पनि केही दृष्यहरु कैद गर्नेछ। आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको यो फिल्मको कथावस्तुको बिषयमा भने कुनै जानकारी गराइएको छैन।
‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई शिव ढकालले खिचिरहेका छन्।