सुव्रतराज आचार्यको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण हुने भएको छ। ३५ वर्ष पहिला यसै नाममा फिल्म निर्माण भएको थियो। सोही नामलाई सापट लिएर सुव्रतले फिल्म बनाउन लागेका हुन्।
फिल्मको लागि अभिनेताद्वय दयाहाङ राई र विपिन कार्की पक्का भइसकेका छन्। फिल्मको लागि रविन्द्र झासँग पनि कुरा भइरहेको छ। नायिकामा भने वर्षा राउतको चर्चा चलिरहेको छ। तर, वर्षालाई फिल्ममा लिए जात्रै जात्राको फ्लेवर आउने सोचले निर्माण पक्षले वर्षालाई पक्का गरेको छैन्।
विपिन र दयाहाङको सहकार्य यसअघि फिल्म जात्रै जात्रामा भएको थियो। उनीहरुले लुट र लुट २मा पनि सँगै काम गरेका थिए।
सिंगे लामाको प्रस्तुतीमा बन्न लागेको फिल्मलाई शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गर्नेछन्। चैतबाट छायांकन सुरु हुने यस फिल्मलाई दसर्घ खड्काले खिच्नेछन्।