बैशाख १२ गतेलाई प्रदर्शन मिति पक्का गरेको फिल्म ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक गरिएको ‘माया जदौ’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ। दीपक शर्माले संगीत दिएको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ।
भिडियोमा नेपाली फिल्म क्षेत्रमा पुरानो पुस्तादेखि नयाँ पुस्ताका कलाकारहरुलाई देख्न सकिन्छ। कविराज गहतराजको करियोग्राफी रहेको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधर लगायतलाई देख्न सकिन्छ।
साकार पन्तको निर्देशन बनेको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल,सविन शाक्यलगायतको अभिनय रहेको छ।
‘पन्त फिल्म प्रोडक्सन’मा निर्मित फिल्मका कार्यकारी निर्माता प्रतिभा पन्त हुन्। फिल्ममा सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन्। रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तले खेखेका हुन् भने पटकथा सन्दीप किस्नाले तयार गरेका छन्।