फागुन अन्तिममा बिबाह गर्न लागेकी नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन्। सोमबार उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन्।
आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको उपस्थितीमा काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।
आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए। उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए।
पछिल्लो समय भने सामाजिक संजालमा आँचल र उदीपको प्रेम छरपस्ट नै थियो।