काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ। उनको पुन:नियुक्तिबारे हिजो बसेको मन्त्रीपरिषदको बैठकले केहि ठोस निर्णय लेला भन्ने अपेक्षा गरिएको थियो तर सरकारले हिजो बसेको मन्त्रीपरिषदको बैठकबाट कुनै निर्णय लिन सकेन। नेपाल विद्युत प्राधिकरणमा पुन कुलमान घिसिङकै नियुक्ति हुनु पर्छ भन्दै त्यसका लागि कलाकारहरूले समेत जनदबाब सिर्जना गर्दै आइरहेका छ्न। हास्यकलाकार मदनकृष्ण श्रेष्ठले कुलमान पुन:नियुक्तिबारे फेसबुक पेज मार्फत आफ्नु धारणा सार्बजनिक गरेका छ्न। उनि लेख्छन् एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ ।
तर मेची देखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कुलमान घिसिङ जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचीत हुने निश्चीत देखिन्छ।
तेसैले आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्न । ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन। लौ है आदरनिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।
अर्को एउटा कुरा:-
कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोड सेडिङ मुक्त गराई दिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारी लगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन है।
एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देकोछु मैले… भनि उनि लेख्छन् ।
तेस्तै कलाकार दीपकराज गिरीले सबैलाई कुलमानको पुन:नियुक्तिका लागि जनदबाब स्वरूप बत्ती निभाएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरिसकेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आदरणीय साथीहरू, कुलमानजीको पुन:नियुक्तिको लागि जन दबाब स्वरूप हरेक साँझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौं।”
उनको उक्त कुरामा धेरैले समर्थन जनाएका छन्। चलचित्र निर्देशक प्रदीप भट्टराईले समेत उनको पक्षमा ऐक्यबद्धता जनाउन सबैमा आग्रह गरेका छन्। उनले लेखेका छन्, “नराम्रा चै पटक-पटक….राम्रा चै किन एक पटक?”
त्यसअघि उनले बत्ती ल्याउने मान्छेलाई फेरि ल्याइएन भने साझ बत्ती निभाएर जनआवाज नसुन्नेहरूको विरोध गर्न आग्रह गरेका थिए। उनीहरूको समर्थनमा थुप्रैले एक्यबद्धता जनाएका छन्।
केही दिन अगाडि पनि थुप्रै कलाकारहरूले घिसिङको पक्षमा आवाज उठाएका थिए। हरिवंश आचार्य, करिश्मा मानन्धर, वर्षा राउत, गायक प्रमोद खरेल, शिव परियारलगायतका कलाकारहरूले पनि उज्यालो नेपाल बनाउनेको सम्मान गर्नुपर्ने बताएका थिए। उनीहरूले प्राधिकरणमा बाँकी रहेका काम पूरा गर्न पनि कुलमान नै चाहिनेमा जोड दिएका थिए।