
काठमाडौं । फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
फिल्ममा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको अभिनय छ । निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो ।
फिल्ममा ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् । ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो,’ निर्देशक मिराजले भने ।
पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्लायको छेउमा संकटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीररको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।
फिल्म पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नुझक्ने मानवीय सहासको कथा रहेको निर्देशक मिराजको तर्क छ । फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक मिराज आफैँ हुन् ।







