फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले आफ्नो देशमा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको अबु सैयफसँग लड्न गोर्खा सैनिक ल्याउन लागेको बताएका छन् । केही दिनअघि फिलिपिन्सको डेभाओ सहरमा अबु सैयफले आक्रमण गरेपछि राष्ट्रपति रोड्रिगोले यसो भनेका हुन् ।
लागूऔषध तस्करविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका राष्ट्रपति रोड्रोगो डुटेर्टले विद्रोही समूह अबु सैयफसँगको युद्ध जित्नका लागि गोर्खाली फौजलाई ल्याउने योजना सार्वजनिक गरेका हुन् । अबु सैयफसँगको युद्धमा लाखौं मानिस र अर्बौं डलर गुमाइसकेको फिलिपिन्समा गोर्खाली फौज उतार्न पनि तयार रहेको उनको भनाइ छ ।
७१ वर्षीय उनले राष्ट्रपति पद सम्हालेपछि लागूऔषध तस्करविरुद्ध युद्ध छेडेका थिए । ‘अबु सैयफसँग लड्न म गोरखा सैनिक ल्याउँदैछु,’ राष्ट्रिय सुरक्षा परिषद्का सदस्य र मन्त्रिपरिषद्का सदस्यहरुको बैठकमा रोड्रिगोले भनेका छन् ।
राष्ट्रपति रोड्रिगो कडारुपमा प्रस्तुत भइरहेपछि एक महिनामा करिब ३ सय जना लागूऔषध प्रयोगकर्ता मारिइसकेका छन् । यसपछि उनले त्यहाँको विद्रोही समूह अबु सैयफलाई समाप्त पर्ने घोषणा गरेका छन् ।
त्यसैका लागि उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरुलाई भेटेर भेटेर गोर्खा सैनिक ल्याउनेबारेमा छलफल गरेको फिलिपिन्सस्थित सञ्चारमाध्यमले त्यहाँका कृषि सचिवको भनाई उद्धृत गर्दै लेखेका छन् ।
फिलिपिन्सको अनलाइन पिनायो ट्रेडिङले गोर्खालीहरू ‘मर्न र मार्न’ नडराउने भएकाले अबु सैयफलाई समाप्त गर्ने काम गोर्खाली फौजले मात्रै गर्नसक्ने भनाई राष्ट्रपतिको रहेको जनाएको छ ।
‘भाग्नु भन्दा मर्नु जाति’ भन्ने सिद्धान्तका आधारमा गोर्खालीले युद्ध लड्ने भएकाले उनीहरूलाई ल्याउन राष्ट्रपतिले यो पहल थालेको फिलिपिन्सका सञ्चारमाध्यमले लेखेका छन् ।
‘गोर्खालीहरु पुरानो हतियार खुकुरीकै भरमा हजारौँसँग लड्न सक्छन्, एकजना गोर्खा सैनिकले अफगानिस्तानमा ३० तालिवानलाई खुकुरीको भरमा मारेका थिए’, राष्ट्रपति रोड्रिगोको भनाइ उल्लेख गर्दै समाचारमा भनिएको छ ।
राष्ट्रपतिले जसरी भए पनि गोर्खा सैनिक ल्याएर मुलुकमा आतंकवादी संगठन समाप्ता पार्ने चेतावनी पनि दिएका छन् । तर गोर्खा सैनिक बेलायत, भारत र नेपाल कहाँबाट ल्यायने भन्ने उल्लेख गरिएको छैन । अनुवाद कारोबार