
काठमाडौं । हलमा प्रदर्शनरत निर्देशक चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले बक्सअफिसमा ११ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले गत शनिबारसम्म देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको हो ।
यो अवधिसम्म फिल्मको ४ लाख २३ हजार १११ वटा टिकट विक्री भएको छ । सिनेपाः बक्सअफिसले ९ फागुनसम्मको कमाइ सार्वजनिक गर्दा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, उषा उप्रेतीले बाँकी फिल्मलाई पछि पारेको हो ।
त्यस्तै दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस व्यापार गरेको छ । यो अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिक्री भएको छ । यस्तै सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ । यसका ७८०३ वटा टिकट विक्री भएका छन् ।
यस बीचमा रिलिज स्थगित गरेका तीन फिल्म ‘बिगुल’ ले ८ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस कमाइ गरेको छ । यसका २६०९ वटा टिकट बिकेका छन् । ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ ग्रस कमाएको छ । यसका ८०५ वटा टिकट बिकेका छन् । ‘शिवांश’ ले २ लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कमाएको छ । यसका ७८७ वटा टिकट बिकेका छन् ।



