बलीउड हस्तिहरु समाज र देशको बारेमा निकै ठूला-ठूला कुरा गर्छन् । तर बलिउडमा जति भेदभाव हुन्छ, त्यो भने कमैलाई थाहा होला । बलीउडमा खासगरी पाको उमेरका हिरोइनलाई रोजगार पाउन निकै मुस्किल छ ।
नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइरालाको कहानी पढेर तपाईंले जानकारी लिन सक्नुहुन्छ, बलीउडमा के छ ? मनिषा कोइरालालाई एक समय बलीउडले रोजगार दिएको थिएन । फिल्ममा दूरी बढेकाकारण त्यहीक्रममा उनी मदिराको लतमा फसिन् । यो भनिन्छ की उनी कुनै समय निरन्तर मदिरा सेवन गर्ने अभिनेत्री हुन् । हुनत, उनी मात्र होइन फिल्म नपाएपछि मदिराको साथ लिने बलीउडका केही चर्चित अभिनेत्री पनि छन् । बलीउड अभिनेत्री मीना कुमारी, राखी गुलजार, सिल्क स्मिता, कोंकणा सेन, सुष्मिता सेन लगाएत पनि छन्, जसले फिल्म नपाउँदा मदिराको साथ लिए ।
भारतीय अनलाइन ‘अमर उजाला’ मा प्रकाशित खबर अनुसार मनिषालाई क्यान्सर हुनुको पहिलो कारण मदिरा पनि हो । पछि उनले क्यान्सरसँग निकै लामो लडाईं गर्नुपर्यो । त्यसपछि उनले मदिरा सेवन गर्न छाडिन् । उनी लामो समयसम्म क्यान्सरसँग लडेकी थिइन् र विजय पनि प्राप्त गरिन् । उनले न्युयोर्कबाट सफल उपचार गराएर मुम्बइ फर्किन् र आफ्नो काम खोज्न थालिन् । काम खोज्दा–खोज्दै उनले २ वर्षभन्दा बढी बित्यो तर बलीउडले उनलाई कुनै काम दिएन् । फिल्म पाइन्छ कि भन्दै भौतारिने क्रममा उनले केही तामिल र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । खबरका अनुसार उनको एक हिन्दी फिल्म यसै बर्ष प्रदर्शनमा आउँदैछ ।
उल्लेखनीय यो छ कि मनिषा कोइराला एक समय बलिउडको शीर्ष हिरोइनमा पर्थिन् । १६ अगस्ट १९७० मा नेपालको राजनीतिमा सक्रिय कोइराला परिवारमा जन्मेकी उनले १९८९ बाट नेपाली फिल्म ‘फेरी भेटौँला’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । सुभास घईको फिल्म ‘सौदागर’ बाट उनी बलिउडमा प्रवेश गरेकी थिइन् । फिल्म फेयर अवार्डबाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार र ‘खामोशी’ चलचित्रबाट स्टार स्क्रीन सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पनि मनिषाले जितिसकेकी छिन् । कयौ हिट र फ्ल्प चलचित्र पनि दिएकी मनिषाको फिल्मी यात्रा नेपाली चलचित्र भन्दा पनि बलीउड चलचित्रमा बढी रह्यो । उनले केही बर्ष अगाडी राजेश हमालको जोडी बनेर ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी थिइन ।
त्यसपछि उनले हिन्दी फिल्म, ‘लभ स्टोरी, अग्नि साक्षी, गुप्त, बाम्बे, अकेले हम अकेले तुम, दिल से, ‘खामोसिया : द म्युजिकल’, दिल से, कम्पनि’ जस्ता दर्जनौं चलचित्रमा अभिनय गरेकी छिन् । तर, यसपछि उनको असामान्य दिन सुरु भएको थियो । चाँडै प्रदर्शनमा आउन लागेको बलीउड फिल्म ‘मौली’ मा उनी बिहारी मुस्लिम महिलाको भुमिका निभाउँदै गरेको देख्न सकिन्छ ।
केही दिन अगाडी एक भारतीय अनलाइनमा दिएको अन्तर्वार्तामा उनले राम्रो मान्छे मिले फेरी विवाह पनि गर्ने बताएकी छिन् । मनीषाले सन् २०१० मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन तर केही महिना पछि नै उनीहरुले सम्बन्ध विक्षेद भएको थियो । तर, अहिले मनिषा बिहेका लागि सकारात्मक देखिएकी छिन् ।