एभिन्यूज पिक्चरले निर्माण गरेको चलचित्र ‘लामा ला’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । पोष्ट प्रोडक्शनको काम भइरहेको चलचित्र ‘लामा ला’ को पोष्टरमा एक बौद्ध धर्मालम्वी मात्र देखिएका छन् । पोष्टर हेर्दा चलचित्र लामा ला बौद्ध धर्मालम्वीको कथामा तयार भएको अनुमान लगाउन सकिन्छ । सस्पेन्स तरिकाले सार्वजनिक गरिएको पोष्टरमा पात्रको नाम भने खुलाइएको छैन । चलचित्र ‘लामा ला’ मौलिक नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्याउनका लागि निर्माण गरिएको निर्देशक निश्चल पौडेल बताए । यस अघि एभिन्यूज पिक्चरले एकसाथ ५ चलचित्रको निर्माण घोषणा गरेको थियो । एभिन्यूजले लामा लासहित देवकोटा, रिंगटा, जोसेफ द मंक र पाप पोखरी’ निर्माण गर्ने औपचारिक घोषणा गरेको थियो ।