पौष २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कारखाना’ को लभस्टोरी गीत सार्वजनिक भएको छ । ‘मायाले बोलेको’ बोलको गीतमा चलचित्रकी नायिका बर्षा सिवाकोटी र नायक सुशिल श्रेष्ठ फिचरिङमा छन् । अडियो गीतलाई नै श्रोताहरुले निकै मनपराएको सार्वजनिक ‘मायाले बोलेको’ बोलको भिडियो गीतलाई पनि दर्शकहरुले उतिक्कै रुचाउने निर्माणपक्षको विश्वास छ । गीतमा हुर्कलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र निकिता थापाले आवाज दिएका छन् । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।
चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा हर्कुलेस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।