नायक निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडी मात्र फस्र्टलुक पोष्टर र चैत ११ गतेलाई रिलिज मिति लक गरेको निर्माणपक्षले निखिल र नीता ढुंगाना फिचरिङ ‘खुल्लम खुल्ला प्यार’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा नीता र निखिल अब लुकाएर होइन सबैलाई देखाएरै माया गर्ने कुरा गर्दैछन् । प्रमोद खरेल र अञ्जु पन्तको आवाज रहेको गीतमा देवल भण्डारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ । कोरियोग्राफर रामजी लामिछानेले गीतमा निखिल र नीतालाई कसरी ‘खुल्लम खुल्ला प्यार’ गर्ने सिकाएका छन् । गीतमा निखिल र नीताको केमेष्ट्री लोभलाग्दो देखिन्छ ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।