गिरानचौरमा बस्ती निर्माण गरिरहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई एक ११ बर्षिय बालकले मैना जोडी बनाइदिएका छन् । हाल कतारमा रहेका धुर्मुस–सुन्तली ११ बर्षिय गायक साई उज्वल कोइरालाले गाएको गीतमा मैना जोडी बनेका हुन् । उनीहरुको समाजसेवी कामलाई सम्मान गर्दै टंक बुढाथोकीको शब्द तथा संगीतको गीतमा धुर्मुस सुन्तलीलाइ मैना जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई गायक उज्वका आमाबाबु प्रकाश र सरीता कोइरालाले संयुक्त निर्देशन गरेका हुन्। प्रकाशले यसअघि युरोप भ्रमण रद्द गरेर धुर्मुस–सुन्तलीद्वारा निर्माणाधिन नमुना एकिकृत बस्तीका लागि करिब ६ लाख सहयोग गरेका थिए।